काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा, अनुसन्धान अधिकृत भएर दाँदागिर गरेर भ्रष्टाचार र अनियमितता...

पुरा पढ्नुहाेस्

राष्ट्रिय चिया दिवसका अवसर काठमाडौंमा बिहीबारदेखि अन्तर्राष्ट्रिय चिया महोत्सव सुरु

4.72K
shares
khanepani bord

काठमाडौं । राष्ट्रिय चिया दिवसका अवसर काठमाडौंमा बिहीबारदेखि अन्तर्राष्ट्रिय चिया महोत्सव सुरु भएको छ ।

उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालय र राष्ट्रिय चिया तथा कफी विकास बोर्डको संयुक्त आयोजनामा बिहीबारदेखि काठमाडौंको भृकुटीमण्डपमा अन्तर्राष्ट्रिय चौथो चिया महोत्सव सुरु भएको हो ।

महोत्सवको उद्घाटन कृषि पशुपंक्षीमन्त्री डा.वेदुराम भुसाल र उद्योग वाणिज्य तथा आपूर्तिमन्त्री रमेश रिजालले गरेका छन् । अन्तर्राष्ट्रिय बजारमा स्वदेशी चियाको प्रवद्र्धन गर्ने उद्देश्यले अन्तर्राष्ट्रिय चिया महोत्सव गरिएको आयोजकले बताएको छ ।

महोत्सव बिहीवार काठमाडौंमा शुक्रवार र शनिवार इलाममा हुनेछ । चिया महोत्सवमा रुस, दुबई, चीन, अमेरिका, जापानका चिया व्यापारी सहभागी भएका छन् । विदेशी चिया व्यापारीलाई इलाममा स्थलगत भ्रमणसमेत गराउने आयोजकले जानकारी दिएको छ । १५ र १६ गते व्यापारीलाई चिया बगैंचा अवलोकन तथा फ्याक्ट्री भ्रमण गराउनका साथै चिया परीक्षणसमेत गराउने कार्यक्रम रहेको छ ।

IME
khanepani