काठमाडौं । कुलमान नेतृत्वको पार्टी दर्ताको लागि मंगलबार (भोलि) निर्वाचन आयोग जाने भएको छ...

पुरा पढ्नुहाेस्

साताको अन्तिम कारोबार दिन बिहीबार सेयर बजार परिसूचक नेप्सेमा एकल अंकको गिरावट, कारोबार रकम पनि घट्यो

4.3K
shares
khanepani bord

काठमाडौं । साताको अन्तिम कारोबार दिन बिहीबार सेयर बजार परिसूचक नेप्सेमा एकल अंकको गिरावट भएको छ । बिहीबार बजार परिसूचक नेप्से २.२७ अंकले घट्दा १८८९.७३ विन्दुमा बन्द भएको छ ।

बिहीबार नेप्सेमा २१ लाख ७४ हजार ९१४ कित्ता सेयर किनेबच हुँदा ७३ करोड ९६ लाख ५० हजार २४७ रुपैयाँको कारोबार भएको छ । बुधबार ८४ करोड ७० लाख रुपैयाँको कारोबार भएको थियो ।

बिहीबार कारोबारमा आएका कम्पनीमध्ये ६५ कम्पनीको सेयर मूल्य बढ्यो । सिटिजन्स म्युचुअल फन्ड २, तेह्रथुम पावर कम्पनी, तारागाउँ रेजेन्सी होटल लिमिटेड, सुपरमादी हाइड्रोपावर लिमिटेड, आरबीबी म्युचुअल फन्ड १ लगायतका कम्पनीका लगानीकर्ताले धेरै नाफा कमाए ।

कारोबारमा आएका मध्ये १३९ कम्पनीको सेयर मूल्य घट्यो । धेरै गुमाउनेमा एनबीएल ग्रोथ फन्ड, एनएमबी डिबेन्चर, युनिलिभर नेपाल लिमिटेड लगायतका कम्पनी छन् ।

khanepani