काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा, अनुसन्धान अधिकृत भएर दाँदागिर गरेर भ्रष्टाचार र अनियमितता...

पुरा पढ्नुहाेस्

जनसंख्या मन्त्रालयले डेंगु नियन्त्रणका लागि हरेक शुक्रबार कार्यालय वरपर १० मिनेट सरसफाई अभियान सञ्चालन गर्न अनुरोध गरे

4.42K
shares
khanepani bord

काठमाडौं । यसवर्ष पनि डेंगुका बिरामी बढ्नेसक्ने अनुमान गर्दै हरेक शुक्रबार बिहान साढे १० बजे १० मिनेट सबै सरकारी तथा सार्वजनिक कार्यालयका हाताभित्र र वरपर सरसफाई अभियान संचालन गर्न आग्रह गरेको हो।

मन्त्रालयले बिहीबार पत्र जारी गर्दै डेंगु संक्रमण रोकथाम नियन्त्रणमा आम सर्वसाधारण, निजी क्षेत्र र सरोकारवालालाई आ-आफ्नो ठाँउबाट सहजीकरण र समवन्य गर्न आग्रह गरेको छ।

गत वर्ष नेपालमा डेंगु संक्रमण हालसम्मकै अत्याधिक भएको र यस वर्ष पनि डेंगुका बिरामी बढ्न सक्ने भन्दै मन्त्रालयले सरसरफाई अभियान सञ्चालन गर्न भनेको हो ।

डेंगु संक्रमण हुन नदिन लामखुट्टेको वृद्धि विकास रोक्न र संक्रमित लामखुट्टेको टोकाईबाट बच्न बचाउन आवश्यक हुन्छ । डेंगु गराउने लामखुट्टेको घर र कार्यलय वरिपरि थोरै वा धेरै मात्रामा जमेर रहेको सफा पानीमा अण्डा पारेर वृद्धि विकास गर्छ।

उक्त संक्रमित लामखुट्टेबाट जन्मने सबै लामखुट्टे संक्रमण गराउने नै हुन्छन् । डेंगु संक्रमण नियन्त्रण गर्न कार्यस्थल वरपर लामुखट्टेको वृद्धि विकास हुन नदिने र लामखुट्टेको टोकाईबाट बच्नु पहिलो उपाय हो।

IME
khanepani