काठमाडौँ । नवगठित नेपाली कम्युनिष्ट पार्टी(नेकपा)को अनौपचारिक बैठक पार्टी केन्द्रीय कार्यालय, पेरिसडाँडामा बसेको छ...

पुरा पढ्नुहाेस्

बढ्यो अमेरिकी डलर, युरो र अष्ट्रेलियन डलरकाे भाउ, आज कुन मुद्रा कतिमा हुँदैछ किनबेच?

4.5K
shares
khanepani bord

एजेन्सी । नेपाल राष्ट्र बैंकले शुक्रबारको विनिमय दर सार्वजनिक गरेको छ।

नेपाल राष्ट्र बैंकका अनुसार आज अमेरिकी डलर एकको खरिददर १३० रुपैयाँ ६५ पैसा र बिक्रीदर १३१ रुपैयाँ २५ पैसा कायम गरिएको छ।

बिहीबार अमेरिकी डलर एकको खरिददर १३० रुपैयाँ ५३ पैसा र बिक्रीदर १३१ रुपैयाँ १३ पैसा थियो। यो मूल्य अघिल्लो दिनको १२ पैसा बढेको हो।

युरोपियन युरो एकको खरिदमा भने १४४ रूपैयाँ ३४ पैसा र बिक्रीमा १४५ रूपैयाँ १ पैसा पाइन्छ।

बिहीबार युरो एकको खरिदमा भने १४४ रुपैयाँ १९ पैसा र बिक्रीमा १४४ रुपैयाँ ८५ पैसा तोकिएको थियो।

त्यसैगरी, अष्ट्रेलियन डलर एकको खरिदमा आज ८६ रूपैयाँ ५३ पैसा र बिक्रीमा ८६ रूपैयाँ ९३ पैसा तोकिएको छ।
यो मूल्य अघिल्लो दिनको तुलनामा ३६ पैसा बढेको हो।

यस्तै, बेलायती पाउण्ड स्टर्लिङ एकको खरिददर १६२ रूपैयाँ ९९ पैसा र बिक्रीदर १६३ रूपैयाँ ७३ पैसा तोकिएको छ।

क्यानेडियन डलर एकको खरिदमा भने ९५ रूपैयाँ ९५ पैसा र बिक्रीमा ९६ रूपैयाँ ३९ पैसा पाइन्छ।

यस्तै, कतारी रियाल एकको खरिदमा ३५ रूपैयाँ ८३ पैसा र बिक्रीमा ३५ रूपैयाँ ९९ पैसा पाइन्छ। राष्ट्र बैंकले साउदी अरेबियन रियाल एकको खरिददर आज ३४ रूपैयाँ ८३ पैसा र बिक्रीदर ३४ रूपैयाँ ९९ पैसा तोकेको छ।

युएई दिराम एकको खरिदमा ३५ रूपैयाँ ५८ पैसा र बिक्रीमा ३५ रूपैयाँ ७४ पैसा पाइन्छ। मलेसियन रिंगिट एकको खरिदमा शुक्रबार २९ रूपैयाँ २७ पैसा र बिक्रीमा २९ रूपैयाँ ४१ पैसा पाइन्छ।

शुक्रबार कुवेती दिनार एकको खरिदमा ४२६ रूपैयाँ ९१ पैसा र बिक्रीमा ४२८ रूपैयाँ ८७ पैसा पाइन्छ। त्यसैगरी, आज बहराइन दिनार एकको खरिददर ३४६ रूपैयाँ ५७ पैसा र बिक्रीदर ३४८ रूपैयाँ १६ पैसा तोकिएको छ।

khanepani