सरकारले प्रतिनिधिसभाको हिउँदे अधिवेशन आज अन्त्य गर्ने
वि.सं.२०८० वैशाख १५ शुक्रवार १२:१६
shares

काठमाडौं । सरकारले प्रतिनिधिसभाको हिउँदे अधिवेशन आज अन्त्य गर्ने भएको छ । जेठ १५ गतेसम्म बजेट ल्याउनुपर्ने भएकाले चालू अधिवेशन अन्त्य गर्न लागेको हो ।
यो अधिवेशनको अन्त्य गरेर सरकारले प्रतिनिधिसभाको बजेट अधिवेशन आह्वान गर्छ ।
वैशाख ११ गते बसेको तीन दलका शीर्ष नेताहरूबीच आजबाट चालू अधिवेशन अन्त्य गर्ने सहमति भएको थियो ।




















