सत्तारुढ दलकै सांसदले भने, ‘अयोग्यलाई दुई लाख दिने भए योग्यले कति पाउने सरकारले निर्णय गरोस्’
वि.सं.२०८० वैशाख १५ शुक्रवार १४:३८
shares

काठमाडौं । सत्तारुढ दल नेपाली कांग्रेसका सांसद रामहरि खतिवडाले सरकारे अयोग्य लडाकुको नाममा पैसा बाँड्न बन्द गर्नुपर्ने बताएका छन् ।
शुक्रबार प्रतिनिधि सभाको बैठकमा बोल्दै देशको अन्र्थतन्त्र कमजोर भइरहेको बेलामा सरकारको पैसा बाँड्ने काम बन्द गर्नुपर्ने बताए ।
उनले सरकारलाई प्रश्न गर्दै भने, ‘सबै देशका नागरिकहरु योग्य छन् । अयोग्यले त दुई लाख पाउने हो भने योग्यले कति पाउने सरकारले निर्णय गरोस्? अयोग्यलाई होइन योग्यलाई पनि निर्णय गरोस् ।’






















