अखिल क्रान्तिकारी अध्यक्ष पञ्चा सिंहकाे स्कुटर दुर्घटना
वि.सं.२०८० वैशाख १५ शुक्रवार १५:३९
shares

काठमाडौं । नेकपा (माओवादी केन्द्र) निकट अखिल क्रान्तिकारीकी अध्यक्ष पञ्चा सिंह दुर्घटनामा परेकी छन् ।
पञ्चाले चलाइरहेको स्कुटरसँग माेटरसाइकल ठोक्किँदा उनी घाइते भएको अखिल क्रान्तिकारीका महासचिव दिपेश पुनले जानकारी दिए ।
घाइते सिंहको अहिले नर्भिक अस्पताल थापाथलीको आकस्मिक कक्षमा उपचार भइरहेको सिंहको पारिवारिक स्रोतले जनाएको छ ।
दुर्घटना के कसरी भएको हो भन्ने बारेमा खुलिसकेको छैन ।
























