आइतबार अमेरिकी डलरको भाउमा सामान्य गिरावट
वि.सं.२०८० वैशाख १७ आइतवार १०:५६
shares

एजेन्सी। नेपाल राष्ट्र बैंकले आइतबारका लागि विदेशी मुद्राको विनिमय दर सार्वजनिक गरेको छ । अमेरिकी डलरको भाउमा सामान्य गिरावट आएको छ ।
शुक्रवार १२ पैसाले बढेको अमेरिकी डलर आइतबार दुई पैसाले घटेर एक अमेरिकी डलरको खरिददर १३० रुपैयाँ ६३ पैसा र बिक्रीदर १३१ रुपैयाँ २३ पैसा कायम गरिएको छ । यसअघि शुक्रवार उक्त डलरको खरिद मूल्य १३० रुपैयाँ ६५ पैसा र बिक्री मूल्य १३१ रुपैयाँ २५ पैसा कायम गरिएको थियो ।
नेपाल राष्ट्र बैंकका अनुसार आइतबार युरोपियन युरो ८१ पैसाले घटेको छ । आइतबार युरो एकको खरिददर १४३ रुपैयाँ ३४ पैसा र बिक्रीदर १४४ रुपैयाँ २० पैसा कायम गरिएको छ। शुक्रवार युरो एकको खरिद मूल्य १४४ रुपैयाँ ३४ पैसा र बिक्री मूल्य १४५ रुपैयाँ एक पैसा कायम गरिएको थियो।
आइतबार बेलायती पाउण्ड स्टर्लिङ घटेको छ। यसको खरिददर १६२ रुपैयाँ ५४ पैसा र बिक्रीदर १६३ रुपैयाँ ४६ पैसा तोकिएको छ। यो मूल्य अघिल्लो दिनको तुलनामा २८ पैसाले घटेको हो । शुक्रवार यसको खरिद मूल्य १६२ रुपैयाँ ९९ पैसा र बिक्री मूल्य १६३ रुपैयाँ ७३ पैसामा कारोबार भएको थियो ।
त्यसैगरी, आइतबार अष्ट्रेलियन डलरको एकको खरिदमा ८५ रुपैयाँ ९९ पैसा र बिक्रीमा ८६ रुपैयाँ ३८ पैसा तोकिएको छ भने क्यानेडियन डलर एकको खरिदमा भने ९५ रुपैयाँ ६६ पैसा र बिक्रीमा ९६ रुपैयाँ १० पैसा कायम भएको छ भने कतारी रियाल एकको खरिदमा ३५ रुपैयाँ ८५ पैसा र बिक्रीमा ३६ रुपैयाँ एक पैसा कायम गरिएको छ ।
आइतबार युएई दिराम एकको खरिदमा ३५ रुपैयाँ ५७ पैसा र बिक्रीमा ३५ रुपैयाँ ७४ पैसा, साउदी अरेबियन एकको खरिददर ३४ रुपैयाँ ८३ पैसा र बिक्रीदर ३४ रुपैयाँ ९९ पैसा कायम गरिएको छ भने मलेसियन रिंगिट एकको खरिददर २९ रुपैयाँ २९ पैसा र बिक्रीदर २९ रुपैयाँ ४२ पैसामा पाइनेछ ।
उता, कुवेती दिनार एकको खरिदमा आइतबार ४२६ रुपैयाँ ७ पैसा र बिक्रीमा ४२८ रुपैयाँ २ पैसा पाइन्छ भने आज बहराइन दिनार एकको खरिददर ३४६ रुपैयाँ ४९ पैसा र बिक्रीदर ३४८ रुपैयाँ ८ पैसा तोकिएको छ।






















