काठमाडौं । संसद् पुनस्र्थापना र सर्वपक्षीय सरकार माग्दै एमालेले आज देशभर शक्ति प्रदर्शन गरेको...

पुरा पढ्नुहाेस्

सरकारलाई दिएको समर्थनबारे छलफल गर्न रास्वपाले बोलायो संसदीय दलको बैठक

2.63K
shares
khanepani bord

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले संसदीय दलको बैठक बोलाएको छ ।

उपनिर्वाचनबाट सभापति रवि लामिछाने र स्वर्णिम वाग्ले निर्वाचित भएपछि रास्वपाले संसदीय दलको बैठक बोलाएको हो ।

सोमबार दिउँसो तीन बजे बस्ने बैठकमा सरकारलाई दिएको समर्थन फिर्ता लिने/नलिने र दलको नेता चयनका विषयमा छलफल हुने रास्वपाले जनाएको छ ।

संसदीय दलको बैठकको पूर्वसन्ध्यामा सभापति लामिछानेले आजै प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई भेटेका छन् ।

रास्वपाको केन्द्रीय समिति बैठक पनि सोमबार बस्दैछ । बिहान ११ बजे केन्द्रीय समिति बैठकको समय तय भएको छ ।

khanepani