दुबई पठाइदिन्छु भन्‍दै रकम ठगी गरेको आरोपमा एक जना पक्राउ

काठमाडौ । दुबई पठाइदिन्छु भन्‍दै रकम ठगी गरेको आरोपमा प्रहरीले एक जनालाई पक्राउ गरेको ‍छ ।

पक्राउ पर्नेमा तनहुँको भिमाद नगरपालिका-२ घर भई हाल काठमाडौंमहानगरपालिका-२६ सामाखुसी बस्‍ने २७ वर्षीय सञ्‍जय रेग्मी रहेका छन् ।

काठमाडौं उपत्यका अपराध अनुसन्धानको टोलीले उनलाई काठमाडौंको नयाँ बसपार्कबाट पक्राउ गरेको हो ।

पक्राउ परेका उनीमाथि थप अनुसन्धान तथा कारबाहीका लागि वैदेशिक रोजगार विभाग बुद्धनगर पठाइएको प्रहरीले जनाएको छ ।

उनले रोजगारीका लागि दुबई पठाइदिने भन्‍दै पीडितसँग ३५ लाख रुपैयाँ रकम लिई सम्पर्कविहीन भएको प्रहरीको आरोप छ ।

१७,बैशाख.२०८०,आईतवार १७:०४ मा प्रकाशित

प्रतिक्रिया दिनुहोस्