काठमाडौँ । हामी नेपालका संस्थापक तथा जेनजी अगुवा सुदन गुरुङले वैकल्पिक नागरिक शक्तिको आवश्यकता...

पुरा पढ्नुहाेस्

आईपीएलको एक हजारौं खेलमा मुम्बई विजयी, जैसवालले शतक बनाए पनि राजस्थान पराजित

4.76K
shares
khanepani bord

काठमाडौं । इन्डिनय प्रिमयर लिग (आईपीएल) को एक हजारौं खेलमा मुम्बई इन्डियन्सले पहिलो संस्करणको विजेता राजस्थान रोएल्समाथि रोमाञ्चक जित हात पारेको छ ।

यशस्वी जैसवालको सानदार शतकको मदतमा राजस्थानले मुम्बईलाई २१३ रनको लक्ष्य दिएको थियो । तर टिम डेभिडले अन्तिम ओभरमा लगतार तीन छक्का प्रहार गरेपछि मुम्बईले तीन बल अगावै लक्ष्य पूरा गर्दै ६ विकेटले खेल जितेको हो । साथै मुम्बईको घरेलु मैदानमा दुई सय माथिको स्कोर चेस भएको यो पहिलो पटक हो ।

राजस्थानका युवा ब्याटर जैसलवालको पहिलो आईपीएल शतक हाने पनि जित दिलाउन पर्याप्त भएन ।

मुम्बईलाई जितका लागि अन्तिम ओभरमा १७ रन आवश्यक थियो । यस्तोमा टिम डेभिडले राजस्थानका ज्यासन होल्डर सरुआती तीन बलमा लगातार तीन छक्का प्रहार गर्दै खेल जिताएका हुन् ।

टिमले १४ बल खेल्दै २ चौका र ५ छक्का मद्तमा अविजित ४५ रन बनाए ।

मुम्बईका लागि सूर्यकुमार यादवले सर्वाधिक ५५ रन बनाए । उनले २९ बल खेल्दै ८ चौका र २ छक्का प्रहार गरे ।

क्यामरुन ग्रीनले २६ बलमा ४ चौका र २ छक्का प्रहार गर्दै ४४ तथा इशान किसनले २३ बलमा २८ रन जोडे ।

तिलक बर्माले २१ बलमा अविजित २९ रन जोड्दा ३ चौका र १ छक्का प्रहार गरे ।

राजस्थानका रविचन्द्रन आश्विनले २ तथा ट्रेन्ट बोल्ट र सन्दीप शर्माले समान १ विकेट लिए ।

त्यसअघि टस जितेर पहिले ब्याटिङ गरेको राजस्थानले निर्धारित २० ओभरमा ७ विकेट गुमाएर २१२ रन बनाएको थियो । एक छेउबाट विकेट गए पनि ओपनर जैसवालले अन्तिम ओभरसम्म टिकेर खेलेका थिए ।

पहिलो विकेटका लागि जोस बटलरसँग ७२ रनको साझेदारी गरेका जैसवालले १९.४ ओभरमा आउट हुनुअघि ६२ बल खेल्दै १८ चौका र ८ छक्का मदतमा १२४ रन बनाए । बटलरले १८ र कप्तान सन्जु सामसनले १४ रन जोडे ।

मुम्बईका अर्शद खानले ३ तथा पियुष चावलाले २ विकेट लिए । जोफ्रा आर्चर र राइले मेरेडिथले समान १ विकेट लिए ।

जितपछि ८ खेलबाट ८ अंक जोडेको मुम्बई सातौं स्थानमा छ ।

चौथो हार बेहोरेको राजस्थान ९ खेलबाट १० अंकसहित तेस्रो स्थानमा छ ।

khanepani