काठमाडौं । संसद् पुनस्र्थापना र सर्वपक्षीय सरकार माग्दै एमालेले आज देशभर शक्ति प्रदर्शन गरेको...

पुरा पढ्नुहाेस्

ओलीमाथिको आक्रमण प्रयासमा सत्तारुढ दलको संलग्नता छैन : प्रधानमन्त्री प्रचण्ड

2.41K
shares
khanepani bord

चितवन । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले कोशी प्रदेशको नामकरणको आन्दोलनमा सत्तारुढ दल सहभागी नभएको बताएका छन् ।

चितवनमा आयोजित पत्रकार सम्मेलनमा प्रधानमन्त्री प्रचण्डले नेकपा एमाले अध्यक्ष केपी शर्मा ओली लक्षित आक्रमणमा सत्तारुढ दलको संलग्नता नरहेको पनि जनाएका छन् ।

‘केपी ओलीजी पूर्व जाँदा केही आक्रमणको प्रयास भएको बुझियो, त्यसलाई सरकारले गम्भीरतापूर्वक लिएको छ, त्यसमा कोशी प्रदेश नामकरणसँग असहमति राख्नेहरू छन् तर सत्तारूढ दलको संस्थागत विरोध भन्ने कुरा चाहिँ विल्कुलै होइन। त्यो झुटो कुरा हो,’ प्रचण्डले भने, ‘तर, एमाले अध्यक्ष ओलीले प्रदर्शनमा पूर्वराजपरिवारमा आस्था राख्ने मानिसहरू रहेको गर्नुभएको छ, त्यो चाहिँ निकै संवेदनशील विषय हो ।’

प्रधानमन्त्री प्रचण्डले आफ्नो सरकार पाँचै वर्ष टिक्ने जनाउँदै हल्लाको पछि नलाग्न अनुरोध गरेका छन् ।

khanepani