काठमाडौं । “नाच्न जान्दैन, आँगनलाई दोष” दिएर आफु पानीमाथिको ओभानो देखिन खोज्नु दृष्टि दोष,...

पुरा पढ्नुहाेस्

सन्दीप लामिछानेले लिए मुस्तफाको विकेट, नेपाललाई पाँचौँ सफलता

4.2K
shares
khanepani bord

काठमाडौं । स्पिनर सन्दीप लामिछानेले यूएईका रोहन मुस्तफालाई आउट गर्दै जारी एसीसी प्रिमियर कपको फाइनलमा नेपाललाई पाँचौँ सफलता दिलाएका छन् ।

आफ्नो स्पेलको दोस्रो ओभर बलिङमा आएका सन्दीपले पहिलो बलमै मुस्तफालाई कुशल मल्लबाट क्याच आउट गरे । यूएईका अलराउन्डर मुस्तफा १५ बल खेल्दा २ रन बनाएर आउट भए ।

यसअघि, नेपालका करण केसीले दुई तथा, सोमपाल कामी र ललित राजवंशसीले समान एक विकेट लिएका थिए ।

त्रिवि क्रिकेट मैदानमा टस हारेर ब्याटिङमा निम्त्याइएको यूएईका तीन ब्याटरले दोहोरो अंकमा रन बनाउन नसकी आउट भएका छन् ।

यो समाचार लेखिसक्दा यूएईले १४ ओभरको समाप्तिमा ५२ रन जोडेर ५ विकेट गुमाइसकेको छ । क्रिजमा आसिफ खान र बसिल हमिद छन् ।

khanepani