काठमाडौँ । अख्तियार दुरुपयोग अनुसन्धान आयोग, टङ्गालले डोल्पाको त्रिपुरासुन्दरी नगरपालिका–५, खदाङदेखि ल्हाँसम्मको मोटरबाटो स्तरोन्नति...

पुरा पढ्नुहाेस्

लुम्बिनीका नवनियुक्त मुख्यमन्त्री डिल्लीबहादुर चौधरीले आज विश्वासको मत लिने

5.28K
shares
khanepani bord

दाङ । लुम्बिनीका नवनियुक्त मुख्यमन्त्री डिल्लीबहादुर चौधरीले आज विश्वासको मत लिने भएका छन् ।

प्रदेश सभाको आज बस्ने दशौं बैठकमा मुख्यमन्त्री चौधरीले विश्वासको मत लिने तय भएको छ । प्रदेश सभाको बैठक आज बिहान ११ बजे बस्दैछ ।

सत्तारुढ दलको समर्थनमा कांग्रेसका चौधरी गत वैशाख १४ गते मुख्यमन्त्रीमा नियुक्त भएका थिए । मुख्यमन्त्री चौधरीलाई नेपाली कांग्रेसका २७, माओवादीका १०, नागरिक उन्मुक्ति पार्टीका ४ जना, जनमत पार्टी, जनता समाजवादी पार्टी र लोकतान्त्रिक समाजवादी पार्टीका ३/३ जना, राष्ट्रिय जनमोर्चा, नेकपा एकीकृत समाजवादीका एक/एकजना र स्वतन्त्र एक सांसद गरी ५३ जना सांसदको समर्थन छ ।

khanepani