काठमाडौँ । राष्ट्रियसभाको आजको बैठकमा प्रधानमन्त्री सुशीला कार्कीले ‘मुस्लिम आयोगको आर्थिक वर्ष २०८०÷८१ को...

पुरा पढ्नुहाेस्

नेपाललाई संकट, कप्तान रोहित आउट हुँदा तेस्रो विकेट गुमायो

6.66K
shares
khanepani bord

काठमाडौं । एसीसी प्रिमियर कप अन्तर्गत जारी फाइनल खेलमा नेपालले तेस्रो विकेट गुमाएको छ ।

कप्तान रोहित पौडेल रोहन मुस्तफाको बलमा बोल्ड हुँदा नेपाललाई ठूलो झड्का लागेको छ ।

कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा यूएईले दिएको १ सय १८ रनको लक्ष्य पछ्याएको नेपालका लागि चौथो नम्बरमा क्रिजमा आएका रोहित ९ बल खेल्दा १ रन मात्रै बनाउन सफल भए ।

यसअघि, दोस्रो विकेट गुमाउने क्रममा नेपालले ६.१ ओभरमा आसिफ शेखलाई गुमायो ।

आसिफ १० बलमा ८ रन बनाएर आयान अफजल खानको बलमा एलबीडब्लू आउट भए । ओपनर कुशल भुर्तेल यूएईको पहिलो सिकार बनेका थिए । उनी रोहन मुस्तफाको बलमा एल्बीडब्लू आउट भएका थिए । कुशल ८ बल खेल्दा १ रनमा पभेलियन फकिएका थिए ।

यो समाचार लेखिसक्दा नेपालले ९ ओभरको समाप्तिमा ३ विकेट गुमाएर २३ रन बनाएको छ । क्रिजमा भीम सार्की र गुलशन झा छन् ।

IME
khanepani