जनकपुरधाम । मधेश प्रदेशकी उपसभामुख बबिताकुमारी राउत ईशरको कार्यकक्षमा थुनिएका सात राजनीतिक दलका सांसदहरू...

पुरा पढ्नुहाेस्

माई खोला हाइड्रोपावरको आइपिओ आज बाँडफाँट, यसरी हेर्नुहोस् नतिजा

3.63K
shares
khanepani bord

काठमाडौ । काठमाडौ माई खोला हाइड्रोपावरको आइपिओ आज (मंगलबार) बाँडफाँट भएको छ।

बिक्री प्रबन्धक प्रभु क्यापिटलको कार्यालयमा भएको बाँडफाँटमा १ लाख २६ हजार ९४१ जनाले १० कित्ताका दरले सेयर पाएका छन्। जसमध्ये १ जनाले ११ कित्ता र बाँकीले १० कित्ताका दरले सेयर पाएका हुन्।

उक्त आइपिओमा १३ लाख ६३ हजार २६६ आवेदनबाट १ अर्ब ५१ करोड ६५ लाख ८३ हजार रुपैयाँ बराबरको १ करोड ५१ लाख ६५ हजार ८३० कित्ता सेयरको लागि आवेदन परेको थियो।

जसमध्ये ८९ हजार ८३० जनाको आवेदन रद्द भएको छ बिक्री प्रबन्धकले जनाएको छ।

वैशाख ८ गतेदेखि १२ गतेसम्म उक्त आइपिओ निष्कासन गरेको थियो।

लगानीकर्ताले बिक्री प्रबन्धकको वेबसाइट र मेरोसेयर एकाउन्टबाट आइपिओको नतिजा हेर्न सक्नेछन्।

साथै, कम्पनीको वेबसाइट तथा सिडिएस एन्ड क्लियरिङको वेबसाइट बाट पनि नतिजा हेर्न सकिन्छ।

khanepani