जनकपुरधाम । मधेश प्रदेशकी उपसभामुख बबिताकुमारी राउत ईशरको कार्यकक्षमा थुनिएका सात राजनीतिक दलका सांसदहरू...

पुरा पढ्नुहाेस्

संघीय संसद सचिवालयले सभापति चयन गर्न विषयगत समितिको बैठक बोलाउने तयारी

2.87K
shares
khanepani bord

काठमाडौं । संघीय संसद सचिवालयले विषयगत समितिको बैठक बोलाउने तयारी गरेको छ ।

प्रतिनिधिसभाको गत शुक्रबारको बैठकले १० वटा विषयगत समिति गठन गरिसकेको छ । यससँगै संघीय संसद सचिवालयले समितिको पहिलो बैठक बोलाएर समिति सभापति चयनको प्रक्रिया अगाडि बढाउने तयारी थालेको हो ।

न्युज एजेन्सी नेपालसँग कुरा गर्दै संघीय संसद सचिवालयका प्रवक्ता एकराम गिरीले संसद सचिवालयले समितिको बैठक बोलाउने प्रक्रिया प्रारम्भ भइसकेको बताए ।

उनले भने, ‘समिति सचिवालयलाई समिति गठनको जानकारी गराइसकिएको छ । पहिलो बैठकअघि सभामुखले संसदीय दलका प्रमुख सचेतक तथा सचेतकहरूसँग छलफल गर्नुहुनेछ ।’

समिति सचिवालयले समितिको ज्येष्ठ सदस्यसँग समन्वय गरेर मिति तय गरी पहिलो बैठक बोलाइने प्रवक्ता गिरीले बताए ।

पहिलो बैठक ज्येष्ठ सदस्यको समन्वयमा सञ्चालन हुनेछ । प्रवक्ता गिरीले सभामुखले तोकेको दिनमा समिति सभापतिको निर्वाचन हुने र त्यसको सूचना प्रतिनिधिसभाका सचिवले निर्वाचन हुनुभन्दा ४८ घण्टा अगावै प्रकाशन गर्ने नियमावलीमा व्यवस्था रहेको जानकारी दिए ।

khanepani