जनकपुरधाम । मधेश प्रदेशकी उपसभामुख बबिताकुमारी राउत ईशरको कार्यकक्षमा थुनिएका सात राजनीतिक दलका सांसदहरू...

पुरा पढ्नुहाेस्

आईएमएफले एक वर्षदेखि रोकेको रकम दिने, राष्ट्र बैंकको कडा नीति प्रभावकारी भएको निष्कर्ष

4.43K
shares
khanepani bord

काठमाडौ । नेपाल राष्ट्र बैंकले मौद्रिक नीति मार्फत लिएको कडाइको नीतिले प्रभावकारी काम भएको देखिएको अन्तर्राष्ट्रिय मुद्रा कोषको निष्कर्ष छ । महामारीपछिको बलियो रिकभरि र त्यसपछि लिएको कडाइको नीतिले बाह्य झट्का र आवश्यक नीतिगत समायोजनले जीडीपी वृद्धिलाई सघाएको आईएमएफको ठहर छ ।

आईएमएफ बोर्ड बैठकमा पहिलो र दोश्रो त्रैमासिकको समीक्षा गर्दै नेपाल राष्ट्र बैंकको नीतिले ठीक काम गरेको निष्कर्ष निकालेको हो ।

आईएमएफले भनेको छ, ‘मौद्रिक नीति कडाइले बाह्य स्थितिलाई स्थिर बनाउन र मुद्रास्फीति कम गर्न मद्दत गर्‍यो, जबकि हालैको मध्यवर्षको बजेट समीक्षाले निकट अवधिको वित्तीय जोखिमहरूलाई सम्बोधन गर्ने अपेक्षा गरिएको छ ।’

आईएमएफले नेपाललाई दिँदै आएको एक्सटेन्डेड क्रेडिट फेसिलीटी (इसीएफ) अर्थात विस्तारित कर्जा सुविधा ५२.८ मिलियन अमेरिकी डलर (करिब ६ अर्ब ९१ करोड) रूपैयाँ दिने निर्णय पनि गरेको छ । आईएमएफले विगत एक वर्षादेखि रोकेको दोश्रो किस्ताको रकम दिने निर्णय गरेको हो । त्यस्तै आर्टिकल आईभीबारे नेपालसँग परामर्श गर्ने निर्णय पनि गरेको छ । आईएमएफले सन् २०२२ जनवरी १२ मा नेपाललाई ईसीएपफ सुविअन्तर्गत ३९५.९ मिलियन डलर दिने बताएको थियो । सोमध्ये ११० मिलियन भने तत्कालै उपलब्ध गराउने निर्णय गरेको थियो । ३८ महिनाको वित्तीय प्याकेजबाट कोरोना महामारीको प्रभाव कम गर्ने भनिएको थियो । अति प्रभावित समूहको शिक्षा स्वास्थ्यलगायतका क्षेत्रमा खर्च गर्दै वित्तीय स्थायित्वका लागि सो रकम खर्च गर्ने भनिएको छ ।

गरिबी निवारण, राजश्व अभिवृद्धि, सार्वजनिक खर्चको प्रभावकारीता, वित्तिय क्षेत्रको नियमन तथा सुपरिवेक्षण, पारदर्शिता, भ्रष्टाचार नियन्त्रण लगायतमा खर्च गर्नगरि उपलब्ध गराइएको हो । सरकारले भने बजेटको मध्यावधि समीक्षामार्फत बजेट अनुशासन कायम गर्ने, ऋण सन्तुलन र स्थायित्व दिने काम गरेको पनि आईएमएफको ठहर छ ।

मध्यावधि समीक्षामार्फत अर्थतन्त्रको अवस्थाको मूल्यांकन गर्दै खर्च कटौती र राजश्व संकलनको लक्ष्य घटाएर सरकारले राम्रो काम गरेको निष्कर्षसहित नेपालको आर्थिक वृद्धिदर सन २०२२/२३ मा ४.४ प्रतिशत हुने आईएमएफको अध्ययनले देखाएको छ ।

khanepani