काठमाडौं । पूर्व प्रधानन्यायधिश भएको मानिस जान जानी संविधान मिचेर प्रधानमन्त्री भएको भन्दै एमाले...

पुरा पढ्नुहाेस्

प्रधानन्यायाधीश नियुक्तिको माग गर्दै नेपाल बार एशोसिएशनले तेस्रो दिन पनि विरोध प्रदर्शन

4.51K
shares
khanepani bord

काठमाडौं । प्रधानन्यायाधीश नियुक्तिको माग गर्दै नेपाल बार एशोसिएशनले तेस्रो दिन पनि विरोध प्रदर्शन गरेको छ ।

मंगलबार पनि नेपाल बारले संवैधानिक परिषद्लाई प्रधानन्यायाधीश नियुक्तिका लागि दबाब दिँदै बिरोध प्रदर्शन गरको हो ।

प्रदर्शनका क्रममा सञ्चारकर्मीहरुसँग कुरा गर्दै नेपाल बार एशोसिएशनका अध्यक्ष गोपालकृष्ण घिमिरेले अविलम्व प्रधानन्यायाधीश नियुक्ति नभए थप आन्दोलनका कार्यक्रम अघि बढाउने चेतावनी दिए ।

‘बार एशोसिएसनका ९० वटै बार युनिटमा आज कार्यक्रम भएको छ, तेस्रो दिन हो, एक हप्तासम्म जारी हुनेछ । त्यसपछि पनि समाधान आउन सकेन भने एक हप्तापछि पुनः नयाँ किसिमको आन्दोलन सुरु गर्नेछ।’

कानून व्यवसायीहरुले संवैधानिक दायित्व पूरा गर, प्रधानन्यायाधीश नियुक्ति अविलम्व गर, सर्वोच्च अदालत र सबै अदालतहरुमा रिक्त रहेका न्यायाधीश तत्काल नियुक्ति गर, स्वतन्त्र न्यायपालिकाको रक्षा गरौँ लगायतका प्लेकार्ड बोकेर बिरोध जनाएका थिए ।

khanepani