जनकपुरधाम । मधेश प्रदेशकी उपसभामुख बबिताकुमारी राउत ईशरको कार्यकक्षमा थुनिएका सात राजनीतिक दलका सांसदहरू...

पुरा पढ्नुहाेस्

बझाङमा पनि हिमपहिरो, यार्सागुम्बा टिप्न गएकी महिला बेपत्ता

4.26K
shares
khanepani bord

धनगढी। बझाङमा पनि हिमपहिरोमा पुरिएर एक महिला बेपत्ता भएकी छन् ।

जिल्लाको सुर्मा गाउँपालिका-१ मा सोमबार राति हिमपहिरोमा जाँदा पुरिएर स्थानीय ३३ वर्षीया झल्लादेवी बोहरा बेपत्ता भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

बझाङका प्रमुख प्रहरी नायब उपरीक्षक(डीएसपी) जागेश्वर भण्डारीले यार्सागुम्बा टिप्न गएकी बोहरा हिमपहिरोमा पुरिएर बेपत्ता भएको जानकारी दिए ।

उनको खोजीका लागि प्रहरी टोली घटनास्थलतर्फ गएको डीएसपी भण्डारीले बताए ।

मंगलबार दिउँसो दार्चुलाको व्यास गाउँपालिकामा हिमपहिरो जादा एक जना घाइते भएका छन् भने ८ जना बेपत्ता भएको प्रहरीले जनाएको छ ।

khanepani