नर्स अनुमा श्रेष्ठको मृत्युबारे अनुसन्धानका क्रममा कान्ति बाल अस्पतालका डाक्टर डा. सुजन ढकाल पक्राउ

काठमाडौं। वीर अस्पतालकी नर्स अनुमा श्रेष्ठको मृत्युबारे अनुसन्धानका क्रममा प्रहरीले कान्ति बाल अस्पतालका डाक्टर डा. सुजन ढकाललाई पक्राउ गरेको छ ।

अनुमाको शव आइतबार डा. ढकालको बालाजुस्थित कोठामा भेटिएको थियो ।
ढकाललाई आत्महत्या दुरूत्साहन मुद्दामा अनुसन्धानका लागि पक्राउ गरिएको काठमाडौं प्रहरी परिसरका प्रवक्ता एसपी सीताराम रिजालले जानकारी दिए ।

१९,बैशाख.२०८०,मंगलवार २०:१३ मा प्रकाशित

प्रतिक्रिया दिनुहोस्