कांग्रेस नेता कडेल आफ्नै उद्योगको कार्यालयमा झुण्डिएको अवस्थामा मृत फेला

काठमाडौं । नेपाली कांग्रेस चितवनका पूर्वकोषाध्यक्ष एवम् व्यवसायी शंकर कडेल नारायणगढ बेलचोकस्थित आफ्नै व्यवसायिक अफिसमा झुण्डिएको अवस्थामा फेला परेका छन् ।

उद्योगको कार्यालयको फ्यानमा झुन्डिएको अवस्थामा साँझ ७ बजेतिर मृत भेटिएको जिल्ला प्रहरी कार्यालय चितवनका डिएसपी विजयराज पण्डितले पुष्टि गरेका छन् ।

अनमोल फिड्स आर्थिक समस्याका कारण बेचेका थिए । बैंकले निकै समस्यामा पारेको कालो सूचीमा राखेको लगायतका समस्या पनि थिए ।

कडेल पोल्ट्री उद्योगी हुन् ।

१९,बैशाख.२०८०,मंगलवार २१:०० मा प्रकाशित

प्रतिक्रिया दिनुहोस्