काठमाडौं । अन्तरिम सरकारका प्रधानमन्त्री सुशीला कार्कीसँग अभियन्ता एवं नागरिक बचाउ दलका संरक्षक दुर्गा...

पुरा पढ्नुहाेस्

बझाङमा यार्सागुम्बा खोज्न गएका २ जनाको कठ्याङ्ग्रिएर मृत्यु

4.24K
shares
khanepani bord

काठमाडौ । काठमाडौ बझाङमा यार्सागुम्बा संकलनको क्रममा २ जनाको मृत्यु भएको छ।

मंगलवार सुर्मा गाउँपालिका – ४ का अन्दाजी ४५ वर्षीय प्रमु बोहराको मुत्यु भएको हो।

उनको यार्सागुम्बा संकलनका क्रममा अत्यधिक हिमपात र पानी परेपछि घर आउने बेला चिसोले कठ्यांग्रीएर बाटोमै मृत्यु भएको स्थानीयले बताएका छन् ।

उनको मृत्युको खबर प्राप्त भएकोले अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय बझाङका डिएसपी जागेश्वरप्रसाद भण्डारीले बताए ।

यसअघि सोमबार पनि सुर्मा गाउँपालिकाकै –५ सैन गाउँका ३३ वर्षिय कलक बोहराको पनि चिसोले कठ्याङ्ग्रिएर मुत्यु भएको थियो।

मंगलबार नै सुर्मा गाउँपालिकाकै ३३ वर्षीया झल्लादेवि बोहरा हिमपहिरोमा परेर वेपत्ता भएकी छन्।

उनको खोजी कार्य जारी रहेको प्रहरीले जनाएको छ ।

khanepani