काठमाडौं । काठमाडौं–मन्थली बस सेवा अनिश्चितकालका लागि बन्द भएको छ । काठमाडौं–मन्थली चल्ने अरनिको...

पुरा पढ्नुहाेस्

बैंकिङ कसूर मूद्दामा फरार अभियुक्तलाई प्रहरीले गरे बानेश्वरबाट पक्राउ

3.33K
shares
khanepani bord

काठमाडौं। बैंकिङ कसूर मूद्दामा फरार अभियुक्तलाई प्रहरीले पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा काठमाडौं महानगरपालिका-१० बानेश्वर बस्‍ने राजेन्द्र कुमार श्रेष्ठ रहेका छन् ।

उनलाई काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको विशेष टोलीले बानेश्वरबाट पक्राउ गरेको हो ।

पक्राउ परेका उनलाई काठमाडौं जिल्ला अदालतमा पठाइएको प्रहरीले जनाएको छ ।

उनीविरुद्ध बैकिङ कसूर मुद्दामा उच्च अदालत पाटनले २०७९ माघ २७ गते २६ लाख जरिवाना र २ वर्ष कैद सुनाएको थियो। तर उनी फरार रहेका थिए ।

IME
khanepani