नर्भिकमा फरक ब्लड ग्रुपको मृगौला प्रत्यारोपण सफल

काठमाडौं । मृगौला प्रत्यारोपण थापाथलीस्थित नर्भिक इन्टरनेशनल हस्पिटलका चिकित्सकले एबीओ इन्कम्प्याटिभल रेनल ट्रान्सप्लान्टमा सफल भएको छ ।

बिहिबार नर्भिकमा उपचाररत ‘ओ’ ब्लड ग्रुपका ७२ वर्षीय पुरुषलाई ‘ए’ ब्लड ग्रुपकि ६५ वर्षीया महिलाले मृगौला दान गरेको जनाइएको छ ।

फरक ब्लडग्रुपको व्यक्तिलाई फरक ब्लड ग्रुपको व्यक्तिबाट प्राप्त मृगौला ट्रान्सप्लान्ट गर्ने एबीओ इन्कम्प्याटिभल रेनल ट्रान्सप्लान्ट वरिष्ठ डा. आरके अग्रवाल र वरिष्ठ डा. सुमित आचार्य नेतृत्वको टिमले मृगौला प्रत्यारोपण गरेको जनाइएको छ ।

डा. आचायकाअनुसार ‘बिरामीको मृगौला प्रत्यारोपण अघि र पछि उसको रगतमा एन्टिबडीको स्तर कम गर्न र दाताको मृगौलालाई अस्वीकार गर्ने एन्टिबडीहरूको जोखिम कम गर्नका लागि विशेष चिकित्सा उपचार विधि अपनाइएको थियो । यस उपचारमा रगतबाट एन्टिबडीहरू हटाउने (प्लाज्माफेरेसिस) गरिन्छ । सामान्य खालको मृगौला प्रत्यारोपणको तुलनामा यो जटिल विधि रहेकोले यसको शुल्क भने केही महङ्गो पर्छ ।’

उनल भने, ‘नेपालको सन्दर्भमा यस्तो प्रत्यारोपण निकै दुर्लभ हो । ‘नर्भिकको टिमले जोखिमपूर्ण मानिने यो काममा सफलता प्राप्त गरेको छ ।’ डा। आचार्यले भने–‘जटिल विधिबाट उपचार गरी मृगौला प्रत्यारोपण गरिएका व्यक्तिलाई हामीले ६ दिनमै डिस्चार्ज गरेका थियौं । उहाँको स्वास्थ्य अवस्था अहिले सामान्य छ ।’

२२,बैशाख.२०८०,शुक्रबार १२:२६ मा प्रकाशित

प्रतिक्रिया दिनुहोस्