काठमाडौं । अन्तरिम सरकारका प्रधानमन्त्री सुशीला कार्कीसँग अभियन्ता एवं नागरिक बचाउ दलका संरक्षक दुर्गा...

पुरा पढ्नुहाेस्

केयूकेएल भित्रको तुच्छ स्वार्थमा केन्द्रित भएर गरिएका अवान्छित गतिविधि रोक्न तीन संगठन सक्रिय

5.62K
shares
khanepani bord

काठमाडौं । प्राइभेडलाई दिने हो भने तीन तीन महिनामा बोनस बाढ्ने अवस्थामा पुग्नु पर्ने अर्थ सरकारी कम्पनी आपसि खिचातानीका कारण विघटनको संघारमा पुगेको छ ।

आफ्नो आम्दानीले संचालन खर्च समेत धान्न “धौ–धौ” को अवस्थामा पुगेको काठमाडौं उपत्यका खानेपानी लिमिटेड(केयूकेएल)का व्यवस्थापन टिमका अधिकारीहरु एक आपसमा बोलचाल समेत बन्दको अवस्था छ । कुनै दिन यो कम्पनीले वितरण गर्ने पानी नै बन्द भएर राजधानी बासीमा हा–हाकार नहोला भन्न सकिने अवस्था छैन । किन कि समन्वय र सर–सल्लाहामा काम गर्नु पर्ने अधिकारीहरु नै आपसमा बोलचाल बन्द हुनुले यस्तो संकेत गर्दछ ।

यो कम्पनीमा एकले अर्को अधिकारीलाई विश्वास गर्ने अवस्था पनि देखिदैन । व्यवस्थापनका अधिकारीहरु देखि यूनियनका हरेक कर्मचारीहरुले एकले अर्को कर्मचारीहरुको निगरानी गरिरहेकै हुन्छन ।

केयूकेएलमा सिइओ मिलन कुमार शाक्य बहालमै छन । उनी बहालमै रहदाँको अवस्थामा सिइओका लागि लिगलिगे दौड केहि वर्षदेखि निरन्तर चलिनै रहेको छ । यहाँ केहि लोभीपापीहरुले अस्थीरताको खेति गरि नै रहेका छन भने यो अवस्था निरन्तर रहिनै रहने देखिएको छ ।

यहाँ आफुमा सबै राम्रो छु भन्न हिचकिचाउदैनन । अर्कोलाई कोहि पनि राम्रो भन्न तयार छैनन । आधिकारी टेड्र युनियनको निर्वाचनमा निर्वाचित पक्षले प्रतिपक्षको मतलाई स्विीकार्न तयार छैन भने ४२ प्रतिशत मत ल्याएर प्रतिपक्ष भएको पक्ष पनि आधिकारीको गतिविधिबाट ढुंक्क भएको देखिदैन ।
प्रमुख कार्यकारी अधिकृत मिलन कुमार शाक्यले अधिकार प्रत्याजोन भइसकेको अवस्थामा कतिपय विषय आफ्नो टेवलमा आउनु नहुने तर्क गरिरहेका छन भने कति पय अधिकार प्राप्त अधिकारीहरु सिइओबाट किनारा लाग्ने काम भएकाले आफुले गर्नु अख्तियारको दुरुपयोग हुने तर्क गरेर काम ठप्प जस्तै अवस्था छ ।

सुन्दा जाहेज लागेपनि जनताले सास्ती भोग्नु राम्रो अवस्य पनि होइन । यसको संबोधन सम्बन्धीत निकायबाट चाडै हुनु अति जरुरी देखिन्छ ।
माघ २३ गते केयुकेएलमा आधिकारी टेड्र युनियनको निर्वाचन भएको थियो । यो निर्वाचनमा केयूकेएल कर्मचारी सगठनले कर्मचारी संघको सहयोगमा निर्वाचनको जीत हासिल गरेको थियो । केयूकेएल लोकतान्त्रीक कर्मचारी सघ,एकिकृत स्वतन्त्र कर्मचारी युनियन र कर्मचारी कल्याण परिषद प्रतिपक्षमा रहन पुगे । यो समाचार तयार पार्दासम्म चुनावमा जित हासिल गरेको संगठनले कुनै पनि कर्मचारी संघ र संगठनसँग आधिकारी सम्बाद र छलफल गर्न सकिरहेको छैन ।

आधिकारी टेड्र युनियनले व्यवस्थापन पक्षसँग सौदाबाजीको लागि गठन गरेको समितिको आधिकारीक जानकारी समेत केयूकेएलमा कार्यरत कर्मचारी युनियनहरुलाई नगराएको एकिकृत स्वतन्त्र कर्मचारी युनियनका महासचिव प्रेम त्रिपाठीले बताएका छन ।

आधिकारी कर्मचारी टेड्र युनियनका पदाधिकारीहरु आफ्नो निजी स्वार्थ अनुकुलका गतिविधि मात्र गर्ने आम कर्मचारीहरुका हक, हित र अधिकारका विषयमा मृत अवस्थामा पुगेपछि केयूकेएलमा क्रियाशिल कर्मचारीहरुको संगठनहरुले आफ्नो छुट्टै गतिविधिलाई अगाडि बढाएका छन ।

कर्मचारी कल्याण परिषदका अध्यक्ष बिपिन सोब,लोकतान्त्रिक कर्मचारी संघकि अध्यक्ष शारदा कडायत, एकिकृत स्वतन्त्र कर्मचारी युनियनका अध्यक्ष गोपाल सिंह धामीसहित संयुक्त हस्ताक्षर गरेर यहि बैशाख २१ ग्ते विहिबार केयूकेएलका प्रमुख कार्यकारी अधिकृतलाई ११ बुंदे ध्यानाकर्षण पत्र बुझाएर आफ्नो सक्रियता पुष्टि गर्न खोजेका छन ।

उक्त ध्यानाकर्षण पत्रमा भनिएको छ, “आधिकारीक टेड्र युनियनको निर्वाचन पश्चात गठित सौदाबाजी समुह नितान्त आफ्नो व्यत्तिगत तथा सांगठानीक स्वार्थमा लिप्त भई संस्था भित्र अराजकता, अस्थिरता, अन्यौनता र अशान्ति निम्त्याएको विषय प्रति दुःख व्यक्त गर्दछौ । बाहिर बाहिर संस्थागत र पेशागत हकहितका एजेण्डालाई देखाएर भित्र भित्र तुच्छ स्वार्थमा केन्द्रित भएर अवान्छित गतिविधि संचालन गरिरहेको सौदाबाजी समुहको रबैया र व्यवस्थापकीय अराजक अर्कमण्यता विरुद्ध फेरी संगठीत रुपमा अगाडि बढ्न बाध्य भएको छौ ।”

यसले केयूकेएलमा लुटको खेती चलिरहेको कुराको पनि अन्तरकुन्तरमा पुष्टि गर्न खोजिएको छ ।
११ बुदा यस प्रकार छन

khanepani