रास्वपाको केन्द्रीय समिति र संसदीय दलको बैठक सुरू
वि.सं.२०८० वैशाख २२ शुक्रवार १८:१३
shares

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को केन्द्रीय समिति र संसदीय दलको बैठक सुरू भएको छ।
पार्टी कार्यालय बसन्धारामा आज संयुक्त बैठक बसेको हो। सरकारलाई दिएको समर्थन कायमै राख्ने कि प्रतिपक्षमा बस्ने भन्नेबारे आज रास्वपाले निर्णय लिने सम्भावना छ।
सत्ता गठबन्धनले रास्वपालाई सरकारमा ल्याउन खोजिरहेको छ।























