काठमाडौं । पूर्व प्रधानन्यायधिश भएको मानिस जान जानी संविधान मिचेर प्रधानमन्त्री भएको भन्दै एमाले...

पुरा पढ्नुहाेस्

शनिबार वेस्टमिन्स्टर एबीमा दशौं लाख दर्शकका अगाडि बेलायती राजा चार्ल्स तृतीयले लगाए राजमुकुट

3.76K
shares
khanepani bord

काठमाडौं । बेलायती राजा चार्ल्स तृतीयले राजमुकुट पहिरिएका छन् । शनिबार वेस्टमिन्स्टर एबीमा विश्वका एक हजार भन्दा बढी नेताहरु र दशौं लाख टेलिभिजन दर्शकका अगाडि उनले राजमुकुट पहिरिएका हुन् ।

धर्मगुरु आर्चबिसपले ३६० वर्ष पुरानो सेन्ट एडवार्डको मुकुट चाल्र्स तृतीयको शीरमा राखिदिए ।

सोही समारोहमा आर्चबिसपले क्वीन मेरिज क्राउन रानी कमिलालाई लगाइदिएका छन् ।

राजा चार्ल्स तृतीयको राज्यभिषेकमा १९ वटा सैनिक ब्याण्ड, ३३ वटा कमनवेल्थ देशका प्रतिनिधि, २५० वटा घोडा र ४००० सैनिक सहभागी थिए । यो ७० वर्षपछि बेलायतमा आयोजित सबैभन्दा ठूलो सैनिक परेड हो ।

उक्त कार्यक्रममा राजपरिवारका सदस्य, सेलिब्रिटी, विभिन्न देशबाट निम्त्याइएका पाहुना गरी २२ सय भन्दा बढी सहभागी गिए ।

राजमुकुट पहिरिएपछि राजा तृतीय वेस्टमिन्स्टर एबीबाट बकिंघम प्यालेसतर्फ फर्किएका थिए । राजा रानी बकिंघम प्यालेसतर्फ फर्किँदा हजारौं सर्वसाधारणले स्वागत गरेका थिए ।

khanepani