जनकपुरधाम । मधेश प्रदेशकी उपसभामुख बबिताकुमारी राउत ईशरको कार्यकक्षमा थुनिएका सात राजनीतिक दलका सांसदहरू...

पुरा पढ्नुहाेस्

नेपाली नागरिकता लिएका एकाघरका तीनजनासहित १० भारतीय बानेश्वरबाट पक्राउ

3.43K
shares
khanepani bord

काठमाडौं । नेपाली नागरिकता लिएको आरोपमा १० जना भारतीयलाई प्रहरीले पक्राउ गरेको छ ।

काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले उनीहरूलाई नयाँ बानेश्वरबाट पक्राउ गरेको हो ।

पक्राउ पर्नेमा एकैपरिवारका बाबु-आमा, छोरासमेत रहेको प्रहरीले बताएको छ । छोरा भने डाक्टर रहेको बताइएको छ ।

उनीहरूले ६२-६३ को आन्दोलनपछि मधेशमा चलाइएको नागरिकता वितरण घुम्ती टोलीबाट सिरहामा नागरिकता लिएको प्रारम्भिक अनुसन्धानमा खुलेको एक प्रहरी अधिकारीले बताए । पक्राउ परेका र घटनाको विस्तृत विवरण प्रहरीले दिउँसो १ बजे पत्रकार सम्मेलन गरेर सार्वजनिक गर्दैछ ।

khanepani