जनकपुरधाम । मधेश प्रदेशकी उपसभामुख बबिताकुमारी राउत ईशरको कार्यकक्षमा थुनिएका सात राजनीतिक दलका सांसदहरू...

पुरा पढ्नुहाेस्

जनप्रशासन क्याम्पस बल्खुमा आर्थिक अनियमितता भएको भन्दै विद्यार्थीले लगाए ताला

4.41K
shares
khanepani bord

काठमाडौं। जनप्रशासन क्याम्पस बल्खुमा आर्थिक अनियमितता भएको भन्दै विद्यार्थी संगठनहरुले तालाबन्दी गरेका छन् ।

अखिल क्रान्तिकारी, अनेरास्ववियू र नेविसंघले संयुक्त रुपमा क्याम्पस प्रमुखको कार्यकक्ष र प्रशासन कक्षमा तालाबन्दी गरेका हुन् ।

विद्यार्थी संगठनहरुले स्ववियु फन्डको चरम दुरुपयोग, विद्यार्थीको धरौटी र छात्रवृत्ति बाफतको रकम हिनामिना भएको दाबी गरेका छन् । साथै प्रोफेसरले कपि जाँचेबाफतको पारिश्रमिक रकम पनि हिनामिना भएको उनीहरुको दाबी छ ।

यो विषयबारे मिडियामा समाचार सार्वजनिक भएपछि निष्पक्ष छानबिन गरी कारबाही प्रक्रिया अघि बढाउन माग गर्दासमेत बेवास्ता गरेकाले आज (आइतबार)देखि अनिश्चितकालीन तालाबन्दी गरिएको विद्यार्थी संगठनहरुले जारी गरेको संयुक्त विज्ञप्तिमा उल्लेख छ ।

संयुक्त विज्ञप्तिमा स्वतन्त्र विद्यार्थी नेपालका नितेश बस्नेत, अखिल क्रान्तिकारीका अभिषेक राज ठाकुर, अनेरास्ववियूका हिमाल थापा क्षेत्री र नेविसंघका रबिन यादवले हस्ताक्षर गरेका छन् ।

khanepani