जनकपुरधाम । मधेश प्रदेशकी उपसभामुख बबिताकुमारी राउत ईशरको कार्यकक्षमा थुनिएका सात राजनीतिक दलका सांसदहरू...

पुरा पढ्नुहाेस्

हेलिकप्टर परिचालन गरी मुगु हिमपहिरोमा परेकाहरूको खोजी गरिँदै

2.17K
shares
khanepani bord

काठमाडौ । काठमाडौ मुगुको कार्मारोङ गाउँपालिका च्यार्खु लेकमा हिमपहिरोमा परेकाहरुको खोजीका लागि नेपाली सेना, सशस्त्र प्रहरी र नेपाल प्रहरीको टोली परिचालन भएको छ।

यार्सागुम्बा संकलन गर्न अनुमति खुला नगरिएपनि अवैध बाटो भएर च्यार्खु लेक पुगेका पातारासी र छायानाथ राराका १५ जनामध्ये तीन जना शुक्रबार हिमपहिरोमा परेका थिए।

त्यहाँबाट फर्केकाकहरुले प्रहरीलाई ढिला सूचना दिँदा खोजी र उद्दार चाँडो हुन नसकेको मुगुका प्रमुख जिल्ला अधिकारी मोहन बहादुर थापाले बताए।

हिमपहिरोमा परी एक जनाको मृत्यु र दुई जना बेपत्ता भएको सूचना प्रहरीले पाएको छ।

च्यार्खु लेकबाट फर्केकाहरूले प्रहरीलाई दिएको सूचना अनुसार हिमपहिरोमा पुरिएर पातारासी गाउँपालिका–२ का तल्फीगाउँका ३६ वर्षीय पुत्र सार्कीको मृत्यु भएको छ भने ४० वर्षीय तारासिंह सार्की र ३६ वर्षीय वीरबहादुर बोहरा बेपत्ता छन्।

सूचनापश्चात आइतबार परिचालन गरिएको प्रहरीको टोली घटनास्थलको भेउ पाउन नसक्दा प्रहरी फर्किएको थियो।

प्रमुख जिल्ला अधिकारी थापाले आज बिहानैदेखि हेलिकप्टर परिचालन गरी बेपत्ताहरूको खोजी हुने जानकारी दिए।

‘हेलिकप्टर आउँदै छ, बेपत्ताको खोजीका लागि प्रत्यक्षदर्शीलाई पनि लिएर जाने तयारी छ,’ उनले भने।

घटनास्थल चार हजार मिटर माथि रहेको र व्यापक हिउँ जमेका कारण यकिन ठाउँ पत्ता लगाउन कठिन रहेकाले ठाउँ पहिचान गर्न सजिलो होस् भन्नका लागि प्रत्यक्षदर्शीलाई पनि उद्दार टोलीसँगै लैजान लागिएको उनले बताए।

हेलिकप्टरसँगै नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरीको करिब २२ जनाको टोली परिचालन गरिन लागिएको प्रजिअ थापाले बताए।

प्रहरीले हिमपहिरोमै परेको हुन् कि अन्य कुनै घटना भएको हो भन्ने कोणबाट पनि अनुसन्धान गरिरहेको छ।

khanepani