काठमाडौं । चुनाबको मिति नजिकिदै गर्दा कर्मचारीहरुले मन्त्री र प्रधानमन्त्रीका कुरा सुन्न र उनीहरुका...

पुरा पढ्नुहाेस्

यूनिटेक हाइड्रोपावर कम्पनीले आइपीओ निष्कासन गर्दै

3.54K
shares
khanepani bord

काठमाडौं । यूनिटेक हाइड्रोपावर कम्पनीले आइपीओ निष्कासन गर्ने भएको छ ।

कम्पनीले अंकित मूल्य १०० रुपैयाँका दरले ३६ करोड ६७ लाख रुपैयाँ बराबरको ३६ लाख ६७ हजार कित्ता साधारण शेयर निष्कासन गर्ने जनाइएको छ ।आइपीओ निष्कासनका लागि बिक्री प्रबन्धकमा लक्ष्मी क्यापिटल मार्केट लिमिटेडलाई नियुक्त गरेको छ।

आइतबार क्यापिटलको तर्फबाट प्रमुख कार्यकारी अधिकृत राजीव सापकोटा र हाइड्रोपावरकोे तर्फबाट प्रबन्ध संचालक विश्व प्रकाश अमात्यले सेयर निष्काशन तथा बिक्री प्रबन्धकबारे सम्झौता पत्रमा हस्ताक्षर गरेका हुन् ।

हाइड्रोपावरले ताप्लेजुङ्गको फावाखोला, तिरिङ्गे र सिकैचा गा।वि।समा रहेको ५.८ मेगावाट क्षमताको माथिल्लो फावाखोला जलविद्युत आयोजना निर्माणा गरिरहेको छ । उक्त परियोजना निर्माणको काम ९० प्रतिशत भन्दा बढी सम्पन्न भईसकेको कम्पनीले जनाएको छ ।

IME
khanepani