जनकपुरधाम । मधेश प्रदेशकी उपसभामुख बबिताकुमारी राउत ईशरको कार्यकक्षमा थुनिएका सात राजनीतिक दलका सांसदहरू...

पुरा पढ्नुहाेस्

चुरोटको मूल्यसूची राखेर विज्ञापन गर्ने पसललाई कारबार्ही गर्ने मन्त्रालयको चेतावनी

4.1K
shares
khanepani bord

काठमाडौं। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले किराना पसल वा होलसेल पसलमा सुर्तीजन्य सामग्रीको मूल्य उल्लेख गरिएको पोष्टर राखेमा कारबार्ही गर्ने भएको छ ।

मन्त्रालय एक सूचना जारी गर्दै बिक्रीस्थलमा आफ्नो कम्पनीको नाम र दररेटसहितको मूल्यसूची राखेर विज्ञापन बन्द गर्न निर्देशन दिएको हो ।

मूल्य अंकित पोष्टर टाँसिएको पाइएमा सुर्तीजन्य पदार्थ नियन्त्रण र नियमन ऐन २०६८ को दफा १७६ र जनस्वास्थ्य ऐन २०७५ को दफा ५३ बमोजिम सजाय र जरिवाना गर्ने जनाएको छ ।

‘नेपालमा सुर्तीजन्य कम्पनीहरूले खुद्रा किराना पसल, होलसेल किराना पसललगायत अन्य पसलहरूको बिक्री स्थलमा आफ्नो कम्पनीको नाम र दर रेटसहित मूल्य सुची राखेर विज्ञापन गरेको पाइएको र उक्त कार्य सुर्तीजन्य पदार्थ (नियन्त्रण र नियमन गर्ने) ऐन २०६८ को दफा १०, सुर्तीजन्य पदार्थ नियन्त्रण र नियमन निर्देशिका २०७१ को दफा ४० र दफा ४१ तथा जनस्वास्थ्य ऐन २०७५ को दफा ४५ विपरीत भएकाले त्यस्ता विज्ञापन हुने गरी टाँस गरिएका चुरोट, बिडी, गुट्खा आदिका मूल्य सुची उल्लेखित पोष्टर वा वालचार्ट टाँस नगर्न र टाँस गरेको भएमा तुरुन्त हटाउन निर्देशन गरिन्छ’ मन्त्रालयले बुधबार जारी गरेको सूचनामा भनेको छ ।

khanepani