काठमाडौँ । नेपाली कांग्रेस विभाजनको अवस्थामा पुगेको छ । पार्टी कार्यालय सानेपामा बसेको केन्द्रीय...

पुरा पढ्नुहाेस्

प्रदेशमा प्रहरी व्यवस्थापनको जिम्मा प्रदेश सरकारलाई दिऔं : एमाले उपमहासचिव गुरुङ

4.46K
shares
khanepani bord

काठमाडौं । नेकपा एमालेका उपमहाचिव पृथ्वीसुब्बा गुरुङले प्रदेशमा प्रहरी व्यवस्थापनको जिम्मा प्रदेश सरकारलाई दिनुपर्ने बताएका छन् ।

बुधबार प्रतिनिधिसभामा प्रिबजेट छलफलमा भाग लिँदै एमालेका उपमहाचिव गुरुङले संघीयताको सवलीकरणका लागि तत्कालसंघीय प्रहरी ऐन र संघीय निजामति सेवा ऐन जारी गर्नुपर्ने बताए ।

‘कमसेकम संघीय प्रहरी ऐन जारी गरौं, संघीय निजामति सेवा ऐन जारी गरौं, प्रहरी व्यवस्थापनको जिम्मा उनीहरु (प्रदेश)लाई दिऔं । कर्मचारीको जिम्मा दिऔं’ उनले थपे, ‘५० हजार कर्मचारी संघमा राखेर संघीयता बलियो हुँदैन।’

५० हजार संघीय कर्मचारीहरुमध्ये ३० हजार संघमा राख्ने, बाँकी २० हजारमध्ये १०÷१० हजार प्रदेश सरकार र स्थानीय सरकारलाई दिनु उपयुक्त हुने उनको राय छ ।

IME
khanepani