उपप्रधान तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठले भने, ‘भ्रष्टाचार गर्नेलाई जहाँ गएपनि छोड्दैनौँ’

काठमाडौं । उपप्रधान तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठले भ्रष्टाचार गर्नेलाई नछाड्ने प्रतिबद्धता जनाएका छन् ।

निर्मल लामा स्मृति प्रतिष्ठानले काठमाडौंमा आयोजना गरेको कार्यक्रमलाई सम्बोधन गर्दै उनले देशलाई कमिसन र भ्रष्टाचारले जर्जर बनाएको बताए ।

उनले भने, ‘कमिसनखोर र भ्रष्टाचारीलाई कारबाही गर्नुपर्छ । सामाजिक आर्थिक रुपान्तरणको प्रक्रियालाई तिब्र पार्नुपर्छ । ३० लाख खाडी मुलुकमा भएको नेपाली जनता जो आमाबुबाको काख, बालबच्चाको साथ छोडेर बालबालिकाको जीवन रक्षाका लागि श्रम गरिरहेका छन्, उनीहरुलाई यही भूमिमा काम गर्नका लागि भ्रष्टाचारीमाथि कारबाही गर्नैपर्छ ।’

उनले अहिले आफूहरुले भ्रष्टाचारमाथि कारबाहीको मुद्दालाई प्राथमिकता दिएको बताए । ‘कोही निर्दोष डराउनुपर्दैन, कोही निर्दोष तानिने छैनन्, कोही दोषी छुट्ने छैनन् । दोषीलाई जहाँ गएपनि छोड्दैनौँ’, उनले भने ।

नक्कली भुटानी शरणार्थी प्रकरणमा पूर्वगृहमन्त्रीसहित हाइ प्रोफाइलका व्यक्तिहरु तानिएपछि तरङ्ग आइरहेको बेलामा गृहमन्त्री श्रेष्ठले भ्रष्टाचारीलाई नछाड्ने उद्घोष गरे ।

२७,बैशाख.२०८०,बुधबार १५:५८ मा प्रकाशित

प्रतिक्रिया दिनुहोस्