काठमाडौं । जेनजी आन्दोलनमा भएको दमन र भोलिपल्टको विध्वंशबारे जाँचबुझ गर्न गठित आयोगले दुई...

पुरा पढ्नुहाेस्

शीर्ष नेताहरुको बैठकमा उपप्रधान तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठ पनि सहभागी

2.91K
shares
khanepani bord

काठमाडौं । शीर्ष नेताहरुको बैठकमा उपप्रधान तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठ पनि थपिएका छन् ।

प्रधानमन्त्री कार्यालय, सिंहदरबारमा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड, नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र एमाले अध्यक्ष केपी शर्मा ओलीबीच भेट भएको थियो ।

भुटानी शरणार्थी प्रकरणमा एकपछि अर्का नेता मुछिएका बेला शीर्ष नेताहरुबीच भएको छलफललाई अर्थपूर्ण मानिएको छ ।

अहिले त्यो छलफलमा गृहमन्त्री श्रेष्ठ पनि थपिएका छन् । छलफलको एजेण्डा संक्रमणकालीन न्यायसम्बन्धी विषय भनिएको छ ।

‘यो बैठक हिजोकै छलफलको निरन्तरता हो, उहाँहरुबीच टीआरसीबारे छलफल गर्ने भन्ने छ’ प्रधानमन्त्रीका प्रेस सल्लाहकार गोविन्द आचार्यले भने । मंगलबार पनि शीर्ष नेताहरुको छलफल चलेको थियो ।

IME
khanepani