जनकपुरधाम । मधेश प्रदेशकी उपसभामुख बबिताकुमारी राउत ईशरको कार्यकक्षमा थुनिएका सात राजनीतिक दलका सांसदहरू...

पुरा पढ्नुहाेस्

बेलायती पूर्वप्रधानमन्त्री ताइवान जाँदै, बेलायत सरकार भन्छ- निजी यात्रा हो

3.74K
shares
khanepani bord

एजेन्सी । बेलायतकी पूर्व प्रधानमन्त्री लिस ट्रस ताइवान भ्रमणमा जाने भएकी छन् । मंगलबार उनले ताइवान भ्रमणमा जाने सार्वजनिक गरेकी थिइन् । ट्रस अर्को हप्ता ताइवान पुग्ने भएकी छन् ।

ट्रसको भ्रमणमा चीन असन्तुष्ट छ भने बेलायती अखबार दि गार्डियनसग बोल्दै बेलायती सरकारका प्रवक्ताले ट्रसको भ्रमण निजि भएको तर्क गरेका छन् । उनले भनेका छन्, ‘ताइवानसँग हाम्रो कूटनीतिक सम्बन्ध छैन । तर, शक्तिशाली अनौपचारिक सम्बन्ध छ ।’

बेलायतमा ४५ दिन मात्रै प्रधानमन्त्री भएको रेकर्ड बनाएकी ट्रस बेलायती सत्ताधारी दल कन्सरभेटिभ पार्टीकी नेता हुन् । उनी मे १६ देखि २० सम्म ताइवान गएर सिर्स नेतृत्वसग भेटघाट गर्ने रुसी विश्व च्यानल आरटीले उल्लेख गरेको छ ।

khanepani