काठमाडौं । सधैँ आक्रामक र प्रत्यक्ष राजनीतिक भाषाशैलीका लागि परिचित नेकपा एमालेका अध्यक्ष केपी...

पुरा पढ्नुहाेस्

अमेरिका, अष्ट्रेलियालगायतका देशमा निर्यात हुन थाल्यो करेन्ट चाउचाउ

4.76K
shares
khanepani bord

काठमाडौं । करेन्ट चाउचाउ अमेरिका, अष्ट्रेलियालगायतका पश्चिमा देशमा निर्यात हुन थालेको छ ।

रुपन्देहीको तिलोत्तमामा ६ वर्षअघि सुरु गरिएको यशोदा फुड्सको उत्पादन करेन्ट चाउचाउ विदेश निर्यात हुने थालेको हो ।

करेन्ट अहिले स्वदेश मात्रै नभएर भारत, अष्ट्रेलिया र अमेरिका जस्ता मुलुकहरुमा पनि निर्यात हुन थालेको कम्पनीले जनाएको छ । विदेशी बजारबाट यसले प्रति वर्ष एक करोड अमेरिकी डलर बराबरको निर्यात गरिरहेको कम्पनीले जानकारी दिएको छ ।

नेपालमै उत्पादित अकबरे खुर्सानीको प्रयोग गरेर बनाइएको करेन्टको उत्पादनमा प्रयोग हुने सम्पूर्ण सामाग्री नेपाल सरकारबाट अनुमति प्राप्त भएकाले स्वस्थकर र धेरै मानिसले रूचाएको कम्पनीको दाबी छ ।

प्रत्यक्ष र अप्रत्यक्ष गरी करिब १५ हजार मानिसलाई रोजगारी तथा ५ जिल्लाका १० हजार किसानलाई पनि बजार प्रदान गरेको कम्पनीले बताएको छ ।

त्यस्तै, करीब ३० हेक्टरमा अकबरे खुर्सानी खेती गर्ने किसानहरुलाई खुर्सानी उत्पादनका लागि प्रोत्साहन र उत्पादनलाई बजार दिँदै करेन्टले विभिन्न् ठाउँमा रोजगारी सिर्जना गरिरहेको कम्पनीले जनाएको छ ।

त्यस्तै, करेन्टले विदेशी मुद्रा भित्र्याएर देशको आर्थिक विकासमा पनि निकै टेवा पुर्याएको कम्पनीले विश्वास व्यक्त गरेको छ । चाउचाउ भन्ने बित्तिकै विदेशी ब्राण्ड सम्झिने नेपाली जिब्रोलाई स्वदेशी परम्परागत स्वाद चखाउने उद्देश्यले सञ्चालनमा आएको कम्पनीले यस किसिमको सफलता हासिल गरेको हो ।

अर्थशास्त्री डा. प्रतिक झा यशाेदा फुड्सबारे भने, ‘ओरालो लाग्दै गरेको अर्थतन्त्र जोगाउन देखि गरिबीको घाउमा मलम लगाउन । राष्ट्रलाई परनिर्भरता बाट जोगाउन देखि स्वदेशी उत्पादन निर्यात गर्न सम्म यशोदा फुड्सको करेन्टले नेपाली बजारको तिता र कहाली लाग्दा कहानीहरुमा मिठो रगंहरु भर्दैछ ।’

IME
khanepani