काठमाडौँ । नेपाली कांग्रेस विभाजनको अवस्थामा पुगेको छ । पार्टी कार्यालय सानेपामा बसेको केन्द्रीय...

पुरा पढ्नुहाेस्

सुदूरपश्चिममा नागरिक उन्मुक्ति पार्टीका दलको नेता र प्रमुख सचेतक फेरिए

4.2K
shares
khanepani bord

धनगढी । नागरिक उन्मुक्ति पार्टीले सुदूरपश्चिम प्रदेश संसदीय दलको नेता र प्रमुख सचेतक फेरेको छ ।

बुधबार बसेकोे संसदीय दलको बहुमत सदस्यहरूको बैठकले रामेश्वर चौधरीलाई दलको नेताबाट हटाउँदै घनश्याम चौधरीलाई जिम्मेवारी दिएको हो ।

प्रदेशसभा सचिवालयका सूचना अधिकारी युवराज जैशीले दलको नेता परिवर्तन गरेर घनश्याम चौधरीलाई जिम्मेवारी दिइएको पत्र सचिवालयमा दर्ता भएको जानकारी दिए ।

उनकाअनुुसार प्रमुख सचेतक लक्ष्मणकिशोर चौधरीको ठाउँमा खुसीराम चौधरीलाई जिम्मेवारी दिइएको छ भने कैलाश चौधरीलाई सचेतक बनाइएको छ ।

प्रदेशसभा सचिवालयकाअनुसार ७ जना प्रदेशसभा सदस्य रहेकोमा बहुमत सदस्य (४जना) को हस्ताक्षरसहितको निर्णयले दलको नेता र प्रमुख सचेतक फेरेको हो । उक्त निर्णयमा लक्ष्मणकिशोर चौधरी, घनश्याम चौधरी, खुुसीराम चौधरी र कैलाश चौधरीले हस्ताक्षर गरेका छन् ।

बैठकमा सहभागी प्रदेशसभा सदस्य इन्दिरा गिरीले निर्णयमा हस्ताक्षर गरेकी छैनन् । निवर्तमान दलका नेता रामेश्वर चौधरी र टीका थापा बैठकमा सहभागी थिएनन ।

IME
khanepani