काठमाडौं । यही फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि नेकपा (एमाले)का अध्यक्ष...

पुरा पढ्नुहाेस्

सामुदायिक वनमा आगलागी हुँदा घाइते भएका एक जनाको उपचारका क्रममा मृत्यु

3.67K
shares
khanepani bord

काठमाडौ । काठमाडौ दैलेखको सामुदायिक वनमा आगलागी हुँदा घाइते भएका एक जनाको उपचारका क्रममा मृत्यु भएको छ। जिल्ला प्रहरी कार्यालय दैलेखका अनुसार आठबिस नगरपालिका–६ का भैरे विकको मृत्यु भएको हो।

नेपालगञ्जको भेरी प्रादेशिक अस्पतालमा उनको उपचारका क्रममा बुधबार राति मृत्यु भएको दैलेखका प्रहरी प्रमुख डिएसपी किशोर लम्सालले जानकारी दिए। अरू सात जनाको नेपालगञ्जमै उपचार भइरहेको उनले बताए। सातमध्ये तीन जनाको भेरी प्रादेशिक अस्पताल र चार जनाको नेपालगञ्ज नर्सिङ होममा उपचार भइरहेको छ।

आठबिस नगरपालिका–६ मा रहेको सल्लेरी सामुदायिक वनअन्तर्गत माल्यामा बुधबार बिहान भएको आगलागीमा परी १० जना घाइते भएका थिए। उनीहरूमध्ये गम्भीर घाइतेसहित ८ जनालाई उपचारका लागि हेलिकप्टरमार्फत् नेपालगञ्ज लगिएको थियो। स्थानीय मेडिकलमा उपचार गरिएको दुई जना डिस्चार्ज भइसकेको डिएसपी लम्सालले जानकारी दिए।

घाइतेहरू सबै आठबिस नगरपालिका–६ का हुन्। प्रधानमन्त्री रोजगार कार्यक्रअन्तर्गत् बनिरहेको बाटोको काम गरिरहेका उनीहरू जंगलमा लागेको आगो निभाउन जाँदा घाइते भएका थिए।

IME
khanepani