जनकपुरधाम । मधेश प्रदेशकी उपसभामुख बबिताकुमारी राउत ईशरको कार्यकक्षमा थुनिएका सात राजनीतिक दलका सांसदहरू...

पुरा पढ्नुहाेस्

सरकारले चलाएको भ्रष्टाचारविरुद्धको अभियानलाई समर्थन गर्दै, संयुक्त विद्यार्थीले गरे प्रदर्शन

3.69K
shares
khanepani bord

काठमाडौं । भ्रष्टाचारविरुद्ध सत्तारुढ विद्यार्थी संगठनहरूले प्रदशर्न गरेका छन् ।हालसालै सरकारले चलाएको भ्रष्टाचारविरुद्धको अभियानलाई समर्थन गर्दै संयुक्त विद्यार्थीले प्रदर्शन गरेका हुन् ।

नेपाल विद्यार्थी संघ, अखिल क्रान्तिकारी र अनेरास्ववियूले संयुक्तरुपमा रत्नराज्य क्याम्पसमा प्रदर्शन गर्दै कोही पनि भ्रष्टाचारीलाई उम्किन दिन नहुने बताएका छन् ।

अनेरास्ववियूकी महासचिव आरती लामाले अहिले सरकारले चलाएको अभियान नरोकियोस भनेर प्रदर्शन गरिएको बताइन् ।

विद्यार्थीहरूले नक्कली भुटानी शरणार्थी प्रकरणमा फरार भएका एमाले नेता टोपबहादुर रायमाझीलाई तत्काल पक्राउ गर्न मागसमेत गरेका थिए ।

khanepani