काठमाडौँ । निर्वाचन आयोगले फागुन २१ गते हुने प्रतिनिधि सभा निर्वाचनका लागि दर्ता भएका...

पुरा पढ्नुहाेस्

दाङमा बसको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु

1.95K
shares
khanepani bord

दाङ । दाङमा बसको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु भएको छ । मृत्युु हुनेमा रोल्पाको रुन्टीगढी गाउँपालिका– ३ का २१ वर्षीय चन्द्रबहादुर नेपाली रहेका छन् ।

जिल्ला प्रहरी कार्यालय दाङका अनुसार बिहीवार बेलुकी ६ बजे घोराही उपमहानगरपालिका–१४ स्थित नेपाली सेनाको ब्यारेक नजिकै रा १ ख १२०१ नम्बरको बसले रा ३ प ४२ नम्बरको मोटरसाइकललाई ठक्कर दिएको थियो ।

दुर्घटनामा घाइते भएका मोटरसाइकल चालक नेपालीको राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचारको क्रममा बिहीवार राति नै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय दाङका डिएसपी राजनकुमार गौतमले बताए ।

प्रहरीले बस र चालक दुवैलाई नियन्त्रणमा लिएको छ ।

khanepani