दाङस्थित राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा सुत्केरीको मृत्यु भएपछि आफन्तले घेरे अस्पताल

काठमाडौं । दाङस्थित राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा सुत्केरीको मृत्यु भएपछि आफन्तले अस्पताल घेराउ गरेका छन् ।

घोराही उपमहानगरपालिका–८ सौरीकी २८ वर्षिया मधु बुढाथोकी केसीको बिहीवार राति प्रतिष्ठानमा मृत्यु भएको थियो ।

मृतकका श्रीमान शेरबहादुर केसीले बच्चा जन्मेपछि सालनाल निकाल्ने क्रममा सुत्केरीमा मृत्यु भएको बताएका छन् ।

मृतकका परिवारले घटनाको अनुसन्धान हुनुपर्ने, क्षतिपूर्ति वापत ५० लाख रुपैयाँ, शिशुको उपचार र पठनपाठनको सबै खर्च प्रतिष्ठानले व्यहोर्नु पर्ने माग राख्दै आन्दोलन उत्रिएका छन् ।

२९,बैशाख.२०८०,शुक्रबार १२:५७ मा प्रकाशित

प्रतिक्रिया दिनुहोस्