काठमाडौं । यही फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि नेकपा (एमाले)का अध्यक्ष...

पुरा पढ्नुहाेस्

संघीय शिक्षा ऐन चालु अधिवेशनमा संसदमा प्रस्तुत हुन्छ : शिक्षामन्त्री राई

5.24K
shares
khanepani bord

२९,बैशाख.२०८०, काठमाडौ। शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री अशोककुमार राईले संघीय शिक्षा ऐन चालु अधिवेशनमा संसदमा प्रस्तुत गर्ने बताएका छन् ।

शुक्रबार सिंहदरबारमा बसेको दिगो विकास तथा सुशासन समितिको बैठकमा उनले यस्तो बताएका हुन् । उनले शिक्षा ऐन सबैको चासोको विषय भएकाले सरकारले दृढताकासाथ काम अघि बढाइरहेको बताए ।

उनले भने, ‘ शिक्षा ऐन अहिलेको धेरैको चासोको विषय रहेको छ र यो धेरै पहिला नै मस्यौदा भइकन प्रक्रियामा अघि बढेको तर सरकार परिवर्तन हुने अवस्थाले मन्त्रीपरिषदमा पुग्दै फिर्ता आउने गरेको रहेछ । यो जारी अधिवेशनमा त्यसलाई प्रवेश गराउनुपर्छ भन्ने अठोटका साथमा काम गरिरहेका छौँ ।’

उनले पहिला पनि मस्यौदा तयार भइ मन्त्रीपरिषद्‌मा पुग्ने तर सरकार परिवर्तनका कारण फर्किने गरेको उल्लेख गर्दै अहिले मन्त्रालयले कानून, न्याय तथा संसदीय मामिला मन्त्रालयमा पुनः पठाएको बताए ।

‘अहिले पनि यो प्रक्रियामा छ, यो कानून मन्त्रालयमा छ । हामीले कानून मन्त्रालयलाई निरन्तर अनुरोध गरिरहेका छौँ’ उनले भने ।

उनले कानून मन्त्रालयमा धेरै कानून निर्माण गर्नुपर्ने भएकाले केही समय रोकिएको बताए । उनले विद्यालयको पाठ्यक्रममा मनोपरामर्श सम्बन्धी व्यवस्था पाठ्यक्रम पुनः मूल्यांकन गरेर अघि बढ्ने बताए ।

उनले भने, ‘विद्यालयको पाठ्यक्रममा मनोपरामर्श सम्बन्धी व्यवस्थामा अहिले समिति सचिवले दिनुभएको तथ्यांक भयावह छ। यो मनोपरामर्श सम्बन्धी सामान्य कुराहरु त पाठ्यक्रममा छ तर त्यो भन्दा अलि सुधार गरेर यसलाई समाधान गर्ने ढंगले अघि लैजानुपर्ने अवस्थामा पाठ्यक्रमको पुनः मूल्यांकन गर्ने प्रक्रिया चलिरहेको छ, त्यस सम्बन्धमा हामीले आवश्यक ध्यान दिनुपर्छ।’

मन्त्री राईले विश्वविद्यालयहरुको छाता विधेयक पनि कानूनी प्रक्रियाको चरणमा रहेको बताए ।

IME
khanepani