काठमाडौं । यही फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि नेकपा (एमाले)का अध्यक्ष...

पुरा पढ्नुहाेस्

प्रतिनिधि सभाको बैठक निर्धारित समयमा सुरु नभएपछि सामाजिक सञ्जालमा सांसदको आक्रोश

4.25K
shares
khanepani bord

काठमाडौं । प्रतिनिधि सभाको बैठक निर्धारित समयमा सुरु नभएपछि सांसदले सामाजिक सञ्जालमा असन्तुष्टि पोखिरहेका छन् ।

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सांसद मनिष झाले ट्टवीट गरेका छन्, ‘पहिलो लहरमा बस्नुहुने सत्ता गठबन्धनका माननीयहरू अझैसम्म उपस्थित हुनुभएन, सदन ५० मिनेट ढिलो भइसक्यो ।’

बिहीबार प्रतिनिधि सभाको बैठक बिहान ११ बजेका लागि बोलाइएको थियो । आजको बैठकमा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डसँग प्रत्यक्ष प्रश्न सोध्ने कार्यक्रम (प्रधानमन्त्रीसँग प्रत्यक्ष प्रश्नोत्तर कार्यक्रम) छ ।

संसद सचिवालयले प्रश्न सोध्ने सांसदहरुको प्रश्नको विषय लिएर स्वीकृति समेत प्रदान गरिसकेको छ ।

प्रत्यक्ष प्रश्नोत्तर अगाडि प्रधानमन्त्री प्रचण्ड र सभामुख देवराज घिमिरेबीच छलफल चलिरहेको छ ।

छलफल लम्बिएका कारण निर्धारित समयभन्दा साढे एक घण्टा ढिलो हुँदा पनि प्रतिनिधि सभाको बैठक सुरु हुन सकेको छैन ।

IME
khanepani