काठमाडौं । यही फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि नेकपा (एमाले)का अध्यक्ष...

पुरा पढ्नुहाेस्

लडाकु शिविरबारे प्रधानमन्त्रीलाई एमालेको जवाफ, खुलेआम लुट थियो, ठूलाे स्वरमा हुंकार नगर्नुस्

3.32K
shares
khanepani bord

काठमाडौं । नेकपा एमालेले लडाकु शिविरमा घोटाला भएको दाबी गरेको छ। बिहीबार प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले लडाकु शिविर घोटाला भएको प्रमाणित भएको पुष्टी भए जेल जान तयार रहेको बताएपछि एमालेले यस्तो दाबी गरेको हो।

एमालेका महासचिव शंकर पोखरेलले प्रधानमन्त्री प्रचण्डलाई चुनौती दिँदै फेसबुकमा लेखेका छन्, ‘लडाकु शिविर प्रकरणमा ७–८ हजारको हाराहारीमा रहेका लडाकुहरुलाई ३२–३३ हजार पुर्याएको कुरा प्रचण्ड आफैले हुंकारका साथ वोलेको अडियो सामाजिक संजालमा सुरक्षित छ।’

वास्तविक लडाकु ७–८ हजार मध्ये केहीलाई शिविरमा राखेर अरु बाँकीलाई वाईसियलका रुपमा राजनीतिक रुपमा परिचालित गरेको तथ्य अहिले माओवादीबाट बाहिरिएका धेरैले बताउँने गरेको उनको भनाइ छ।

‘शिविरमा रहेकाहरुले वुझ्नेगरेको भत्ताको चेक उनीहरुका कमाण्डरले खोरेर राख्नेगरेको कुरा त्यहावस्ने लडाकुहरु धेरैले धेरैपटक उठाउदै आएको कुरा हो’ महासचिव पोखरेलको भनाइ छ, ‘अनमिनले प्रमाणिकरण गरेकाहरुमध्ये धेरैजसो समायोजनमा नगएर स्वेच्छिक अवकास रोजेर राज्यवाट ठुलो रकम प्राप्त गरेकै हुन्।’

प्रचण्डले अझै पनि ठूलो स्वरमा हुंकार दिँदैमा लडाकु शिविरमा कुनै भ्रष्टाचार र अनियमितता नभएको नहुने उनको तर्क छ।

‘यी सबै तथ्यहरुबाट राज्यले कति अनुचित आर्थिक भारबोक्नु पर्यो र लडाकुको नाममा राज्यले उपलव्ध गराएको सहयोग कसरी उनीहरुका कमाण्डरहरुले लुटे र कसकसलाई बुझाए भन्ने कुरा खोजिगर्दा लुक्न सक्ने कुरा होइन’ उनले भनेका छन्, ‘हो नि लुकेर गरेको भए पो भ्रष्टाचार र अनियमितता हुन्थ्यो । त्यो राज्यमाथिको खुलेआम लुट थियो, डकैती थियो । अनि माओवादीका सुप्रिमोहरुलाई लागिरहेको पनि होला खुलेआम लुट र डकैतीलाई भ्रष्टाचार भन्न मिल्छ र ?’

जनताले शान्तिका नाममासवै कुरालाई आजसम्म सहदै भएको उनको भनाइ छ।

IME
khanepani