काठमाडौं । यही फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि नेकपा (एमाले)का अध्यक्ष...

पुरा पढ्नुहाेस्

ओलीले झैँ राजेन्द्र लिङ्देनले भने,’यो देश तपाईँहरूको मात्रै होइन, नीति तथा कार्यक्रम पुनर्लेखन गर्नुस्’

3.12K
shares
khanepani bord

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) अध्यक्ष राजेन्द्र लिङ्देनले सरकारको नीति तथा कार्यक्रमले प्राथमिकता नै पहिचान गर्न नसकेको टिप्पणी गरेका छन्।

प्रतिनिधि सभामा छलफलको क्रममा उनले समस्या पहिचान गर्न नसकेको बताए। उनले यो परम्परागत र पहिलेकै कपी भएको जिकिर गरे।

उनले भने, ‘अहिलेको आर्थिक संकटलाई यसले सामना गर्न सक्दैन। आगामी संकटलाई सामना गर्ने कुरा आउनुपर्थ्यो। यो सामान्य अवस्थामा ल्याउने जस्तो छ। हामीले ल्यायौँ हामीसँग बहुमत छ। पास गर्छौं भन्न पाउनुहुन्छ। तर, यो देश सरकारमा बस्नेको मात्रै होइन। हाम्रो पनि हो हाम्रो पनि यस्तै भइरहे देश बिग्रिन्छ।’

उनले पुनर्लेखन गर्न जरुरी रहेको बताए। त्यसो त प्रमुख प्रतिपक्षी दल नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले पुनर्लेखन गर्न माग गरेका थिए।

उनले भने, ‘तपाईँहरू जनयुद्ध लेख्यौँ भनेर आत्मरतिमा रमाउनुस्। हामीले घुसायौं शेरबहादुरजीलाई पनि बोकायौँ भनेर भन्नुस्। तर, त्यसले केही फरक पर्दैन।’

IME
khanepani