स्विटजरल्याण्ड पठाइदिन्छु भन्दै रकम ठगी गरेको आरोपमा एक जना महिला पक्राउ
वि.सं.२०८० जेठ ८ सोमवार १६:४४
shares

काठमाडौं । स्विटजरल्याण्ड पठाइदिन्छु भनी रकम ७ लाख रकम ठगी गरेको आरोपमा प्रहरी एक जनालाई पक्राउ गरेको छ।
पक्राउ पर्नेमा काभ्रेपलाञ्चोकको बनेपा नगरपालिका-४ स्थायी घर भई हाल बाँके कोहलपुर नगरपालिका-११ दशबिगा बस्दै आएकी ४६ वर्षीया पार्वती थापा रहेकी छिन् ।
काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको विशेष टोलीलाई उनलाई गोंगबुबाट पक्राउ गरेको हो ।
पक्राउ परेका उनलाई थप अनुसन्धान तथा कारबाहीका लागि वैदेशि रोजगार विभाग बुद्धनगरमा पठाइएको अपराध अनुसन्धान कार्यालयका प्रवक्ता एवं प्रहरी उपरीक्षक रविन्द्र रेग्मीले बताए ।


























