काठमाडौं । यही फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि नेकपा (एमाले)का अध्यक्ष...

पुरा पढ्नुहाेस्

सफा हिमाल अभियानका सरदार शेर्पासहित तीनजनाको निधन

2.76K
shares
khanepani bord

काठमाडौं । सफा हिमाल अभियानकर्ता आङकाजी शेर्पासहित तीन आरोहीको निधन भएको छ ।

सफा हिमाल अभियान– २०२३ का सरदारसमेत रहेको शेर्पाका सोमवार निधन भएको हो । उनी विगत तीन वर्षदेखि सफा हिमाल अभियानमा नेतृत्वदायी भूमिकामा थिए ।

ओखलढुङ्गा निवासी शेर्पा सगरमाथाको बेस क्याम्प–२ मा क्याम्प म्यानेजरको भूमिकामा रहँदै गर्दा उनी अचेत हुन पुगेका थिए ।

सफाइ अभियानमा प्रयोग गरिएका सामानहरू फिर्ता गर्ने तयारी गर्दै गर्दा अचेत अवस्थामा पुगेका शेर्पाको सोमवार निधन भएको नेपाली सेनाले जनाएको छ ।

उनको पार्थिव शरीरलाई जेठ ८ गते नेपाली सेनाको हेलिकोप्टरद्वारा लुक्लाबाट काठमाडौं ल्याइ पोष्टमार्टम गरी परिवारजनलाई बुझाइएको छ ।

उनीसहित निधन भएका थप दुई शेर्पाको पार्थिव शरीर पनि परिवारजनलाई बुझाइएको छ ।

IME
khanepani