
एजेन्सी । नेपाल राष्ट्र बैंकले मङ्गलवारका लागि विदेशी मुद्राको विनिमय दर सार्वजनिक गरेको छ । जस अनुसार भारतीय रुपैयाँ एक सयको खरिद दर १६० रुपैयाँ रहेको छ भने बिक्री दर १६० रुपैयाँ १५ पैसा रहेको छ ।
आज डलरको खरिद दर १३२ रुपैयाँ २३ पैसा र बिक्री दर १३२ रुपैयाँ ८३ पैसा रहेको छ। युरो एकको खरिद दर १४३ रुपैयाँ १० पैसा र बिक्री दर १४३ रुपैयाँ ७५ पैसा रहेको छ। हिजोको तुलनामा डलर तथा युरोको मूल्य आज घटेको छ ।
बेलायती पाउण्ड एकको खरिद दर १६४ रुपैयाँ ६१ पैसा र बिक्री दर १६५ रुपैयाँ ३६ पैसा रहेको छ भने अस्ट्रेलियन डलर एकको खरिद दर ८७.८३ रुपैयाँ रहेको छ भने बिक्री दर ८८.२३ रुपैयाँ रहेको छ ।
साथै, क्यानेडियन १ को खरिददर ९७.८६ र बिकी दर ९८.३१ मा आज कारोबार भइरहेको छ ।
कतारी रियालको मूल्य एकको खरिद दर ३६ रुपैयाँ ३० पैसा र बिक्री दर ३६ रुपैयाँ ४७ पैसा हुँदा साउदी रियाल एकको खरिद दर ३५.२६ रुपैयाँ पुगेको छ । उसको बिक्री दर ३५.४२ रुपैयाँ छ ।
मलेसियन रिंगिट एकको खरिद दर २९.०७ रुपैयाँ रहेको छ भने बिक्री दर २९.२१ रुपैयाँ, साउथ कोरियन वन १०० को खरिददर १० रुपैयाँ ५ पैसा छ भने बिक्री दर ९० रुपैयाँ ९ पैसा रहेको राष्ट्र बैंकले जनाएको छ।
प्रतिक्रिया दिनुहोस्